लुम्बिनी बसपार्कमा आगलागी, झण्डै ६० लाखको क्षति

काठमाण्डु टुडे २०७८ पुष २ गते १०:०९ मा प्रकाशित

बुटवल, २ पुस– लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।

राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। स्थानीयले आगलागी पछि नगरपालिको दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us