माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन

काठमाण्डु टुडे २०७८ मंसिर २७ गते १०:३७ मा प्रकाशित

कास्की, २७ मंसिर– नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् । गण्डकी प्रदेश सभा सांसद एवम् माओवादी दलको सचेतकलाई प्रदेश अध्यक्ष बनाइएको केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले बताए।

अरु पदाधिकारी आज चयन गर्ने तयारी गरिएको छ। ‘हामीले अध्यक्षसहित पदाधिकारी र सदस्य सर्वसम्मत गरौं भन्ने उद्देश्यले अध्यक्षमा गायत्री गुरुङलाई चयन गरेका हौं,’ उनले भने ‘अन्य ८ जना पदाधिकारी बनाउन बाँकी छ। कुल प्रदेश कमिटी २०१ जनाको बनाएका छौं।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us