जापानमा ६ म्याग्निच्युडको भूकम्प

एजेन्सी २०७८ मंसिर २३ गते १२:४० मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।

 

यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९।४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us