कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर–  १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ ।

बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा अहिले बैठक चलिरहेको छ। अहिले पौडेल पक्षका निवर्तान जिल्ला सभापति, वर्तमान जिल्ला सभापति, केन्द्रिय सदस्य लगायत शीर्ष नेताहरु बिच छलफल भइरहेको छ ।

साझा सभापतिको टुङ्गो लगाउन अन्य नेताहरुलाई जिम्मा दिएर बरिष्ठ नेता रामचन्द्र पौडेल बैठेक बाहिरिएका छन् ।संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि इतर समूह साझा उम्मेदवार टुंगाउन लागेको हो ।

केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफू पछि हट्न सक्ने बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us