गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरको हातमा हुनेछः माधव नेपाल

काठमाण्डु टुडे २०७८ मंसिर २१ गते १७:३७ मा प्रकाशित

इटहरी, २१ मंसिर– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको १० औं महाधिवेशनमा बनाएको लोगोलाई व्यंग्य गर्दै गैंडालाई थमाइएको पार्टीको झण्डा अब आउने दिनमा बाँदरको हातमा हुने दाबी गरेका छन् ।

सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ। त्यो नारायणी नदीमा बगाइदिसकेको छ’ उनले भने, ‘पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर।’

एमालेमा भन्दा आफ्नो पार्टीमा जनताको आकर्षण रहेको दाबी गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us