पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर–  नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो ।

संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो । ‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन,’ पौडेल समूहका एक नेताले भने, ‘खबर नभएपछि हामी अनुपस्थित भएका हौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us