सत्ताको राजनीतिलाई जोड दिएकाले कांग्रेसमा कमजोरी देखियो : नेता सिंह

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका राजनीतिक दलहरू संस्थागत रूपले चल्न नसकेको बताएका छन्। मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता सिंहले राजनीतिक दलहरू संस्थागत रूपले नचल्दा प्राप्त उपलब्धिहरूलाई जनतासम्म प्रभावकारी रूपले पुर्‍याउन नसकिएको बताए।

‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मूल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिईकन, आदर्शको राजनीतिलाई महत्व नदिईकन शक्तिकेन्द्रित राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दा कमी–कमजोरी देखापर्न थालेको छ,’ उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us