बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु गरेको छ ।

सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो ।पाँचौँ चरणको आन्दोलनमा धर्ना कार्यक्रमलाई यथावत् राख्ने र मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला प्रणालीलाई यसअघि बारको सहमति अनुसार देशभरका अदालतमा लागू गर्न माग गर्ने निर्णय भएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us