एमाले महाधिवेशन : साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १७:१८ मा प्रकाशित

चितवन, १२ मंसिर– सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि पुगेका बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका पनि थिए । तर झण्डै ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु भएको छैन ।

सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् । यसका लागि अझै समय चाहिने भएपछि बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us