अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छः योगेश भट्टराई

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए ।‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us