रावलले भने– एक मत आए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।

रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us