निम्तो नआएकोमा नेपालको प्रतिक्रियाः नजाने गाउँको बाटो नसोध्नु, त्यो पार्टी कम्युनिस्ट होइन

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १० औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए। यसबारे सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले भने– ‘नजाने गाउँको बाटो नसोध्नु ।’

उनले भने– ‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न,’ नेपालले भने– ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us