विमलेन्द्र निधिले गरे काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिकामा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले भने ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us