काठमाडौं बन्यो विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर–  नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ ।

शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us