मनकामना केबलकार २४ वर्षमा प्रवेश

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १७:२२ मा प्रकाशित

मनकामना, ८ मंसिर– मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ ।

केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us