कांग्रेस महामन्त्री खड्का महाधिवेशन प्रतिनिधि विजयी

रासस २०७८ मंसिर ८ गते ११:३० मा प्रकाशित

काठमाण्डु, ८ मंसिर–  नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए। त्यस्तै, उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए।

डाँगीले ७१९ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे त्यस्तै, सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पङ्गाली ६८७ मत प्राप्त गरी विजयी भए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us