नेपाल बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– नेपाल बार एसोसिएसनले बिहीबार नागरिक समाजसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।

मंगलबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।

बिहीबार भने नागरिक समाजका सदस्य्सहित दिउँसो २ वजे बालुवाटार मार्च पास गर्ने उनले बताए।

सबैलाई न्याय चाहिएकोले जनता उठ्नु पर्ने भएको श्रेष्ठको भनाइ छ।

कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us