एमाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने नेम्वाङ घोषणा

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते ११:२० मा प्रकाशित

काठमाण्डु, ७ मंसिर–  चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us