
काठमाण्डु, १७ कात्तिक– जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले व्यक्ति हत्याका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गर्न सफल भएको छ । साविक जलुके गाविस–४ हाल सितगंगा नगरपालिका–७ का खिमबहादुर पुलामीलाई फरार रहेको २२ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म फरार पुलामीलाई प्रहरीले कार्तिक १६ गते विशेष सूचनाको आधारमा प्रहरीले निजकै घर नजिकबाट पक्राउ गरेको जनाइएको छ ।
जिल्ला अदालत अर्घाखाँचीले २०५६ साल असार १८ गते पुलामी सहितका ४ जनालाई कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो ।