
काठमाण्डु, १२ कात्तिक– निर्वाचन आयोगले सरकारसँग फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ ।
आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो । सांसद चार वर्षे अवधि पूरा गरेर फागुन २१ गतेबाट २० सदस्य बिदा हुँदैछन् ।