ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको होः नेपाल

काठमाण्डु टुडे २०७८ कार्तिक ११ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था आएको आरोप लागाएका छन् ।

एमाले अध्यक्ष ओलीले कात्तिक ९ मा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका थिए। सोही कुरालाई लक्षित गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् ।

धनगढीमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो।’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र कुनै छलफल नभएको समेत उनले बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us