सरकारले रिक्त २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने

काठमाण्डु टुडे २०७८ कार्तिक ८ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग छलफल गरेर यसबारेमा निष्कर्ष निकालिने बताएको थपलियाले जनाकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us