थप ५५७ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– देशभर थप पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ५६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार १५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us