नर्भिकमा शनिवार फ्री ओपिडी हुने

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ ।

डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् । मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुन सक्नेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us