साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियाे

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १३:४० मा प्रकाशित

काठमाण्डु, १ कार्तिक– माल्दिभ्समा सम्पन्न १३औं संस्कणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको टोली आज स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरे ।

माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल स्वदेश फर्किएको हो । पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास बनाएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे ।

विमानस्थालमा टोलीलाई स्वागत गर्न पुगेका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन् । उनी बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारी बाहेक फुटबल समर्थकहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई टोलीलाई हौसला प्रदान गर्दै नारा बाजी समेत गरेका थिए ।

पाँच देशले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको थियो । जसमा नेपालले लिग चरणका चार खेल मध्ये दुई खेलमा जित निकाल्दा एक खेल भारतसँग पराजित भएको थियो भने एक बंगलादेशसँग बराबरी खेल्दै फाइनल प्रवेश गरेर इतिहास बनाएको थियो ।

विमानस्थलामा ओर्लिएपछि नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताए । अहिले टोलीमा युवा जोश भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको कप्तान किरणले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us