सांकेतिक भाषा प्रयोग गरेर लुट्दै गरेका २०७ जना पाकेटमार पक्राउ

काठमाण्डु टुडे २०७८ असोज १८ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १८ असोज –सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले बताएको छ ।

पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको र  पाकेट मार्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको समेत परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us