विरोधीहरु म बाँचिरहेकाले चिन्तित छन्ः केपी ओली

काठमाण्डु टुडे २०७८ असोज १७ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, १७ असोज– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन् । आइतबार विधान महाधिवेशनमा प्रस्तावहरूमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन् ।

‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ । बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ ।’

त्यस्तै उनले विरोधीहरु चिन्तित हुनुपर्ने अर्को कारण पनि खुलाए । उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन् ।’ अध्यक्ष ओलीले आफूमाथि देवत्वकरण गरेको हल्ला चलाएर भ्रम फिँजाएको पनि ओलीले आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us