रुपन्देही, ६ असोज– नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि स्थगित भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।
असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।