थप १ हजार ९५ जनामा संंक्रमण, २ हजार ९५७ जना निको

काठमाण्डु टुडे २०७८ असोज ४ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, ४ असोज– साताको दोस्रो दिन देशभर १ हजार ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् । नेपालमा निको हुने दर ९५।८ प्रतिशत पुगेको छ । देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १।४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ हजार १९२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ८८ हजार ५१७ जना पूर्ण मात्रा खोप लगाएका छन् भने ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us