काठमाण्डु, २ असोज – नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ आैं स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो ।
राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे । प्रजातन्त्रको लडाईमा आजीवन अर्पण गरेका सिंहले २०४६ सालको जनअन्दोलनको नेतृत्व गरे ।
आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न तत्कालिन राजा वीरेन्द्रले गरेको आग्रह उनले अस्वीकार गरेका थिए ।सिंहलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ ।