काठमाण्डु, २३ भदौ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा लोकतन्त्रलाई मास्न लागेकाहरु छन् भनी आरोप लागएका छन् ।
बुधबार एमाले संसदीय दलको बैठकपछि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै ओलीले देभने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् , ‘देश नै गम्भिर अवस्थामा छ । अनेक हिसावले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’।
‘लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट आएको होइन यो सरकार, परमादेशबाट आएको’, ओलीको भनाइ छ ।
उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार हुने र दृष्टिकोणविहिन मानिसहरु भएको गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए ।