बाँकेमा पानीमा डुबेको अवस्थामा तीन जनाको शव फेला

काठमाण्डु टुडे २०७८ साउन ७ गते १०:५७ मा प्रकाशित

बाँके, ७ साउन– बाँकेमा पानीमा डुबेको अवस्थामा तीन जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।

उक्त नगरपालिका–११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, सोही स्थानका बर्ष १७ का अरमान जसगढ र सदरलाईन टोल बस्ने वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us