थपियो फेरी काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

काठमाण्डु टुडे २०७८ असार ६ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, ६ असार– काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा थपिएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।

निजी सवारीलाई जोर–बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us