माधव नेपाल निवास पुगे देउवा र प्रचण्ड

काठमाण्डु टुडे २०७८ जेठ ३१ गते २२:०२ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

देउवा र प्रचण्ड बैठकका लागि कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । छलफलमा मुलुकको विकसित राजनीतिक घटनाक्रम र विपक्षी गठबन्धनको भावी रणनीतिबारे कुराकानी भएको नेताहरुका सचिवालयले जनाएका छन् ।

भेटमा प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को असंवैधानिक र अलोकतान्त्रिक कदममार्फत गणतन्त्र, संविधान र लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको निस्कर्षसहित परिवर्तनका एजेण्डा बचाउन थप एकताबद्ध हुने सहमति भएको छ ।

भेटमा सहभागी काँग्रेस महामन्त्री पूर्णपबहादुर खड्काले प्रधानमन्त्री ओली र उनी निकट व्यक्तिहरुले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न न्यायाधीशहरुलाई धाकधम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us