थप २९१८ कोरोना संक्रमित, ५३ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ ३१ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ–  पछिल्लो २४ घन्टामा  देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्। यसैगरी  ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us