कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागु गर्ने निर्णय

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १७:३७ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ’, नेता रावले भने । साथै बैठकले पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।
अर्को बैठक बुधबार पुन बस्ने रावलले जानकारी दिए ।

पहिलो बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us