मकवानपुरमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १६:५२ मा प्रकाशित

मकवानपुर, २९ वैशाख– मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । घइते हुनेमा गगनबहादुर सिञ्जाली घाइते भएका रहेका छन् ।

असावधानीपूर्वक बन्दुक पड्किँदा बन्दुक बोकेर जंगल भएका सिञ्जाली घाइते भएका हुन् । उनलाई आफन्तले हेटौंडास्थित सन्चो अस्पतालमा उपचार गराउन लगेपछि प्रहरीले घटना थाहा पाएको थियो । उनको कम्मरको दायाँ भागमा चोट लागेको छ ।

अवैध रुपमा उनले प्रयोग गरेको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us