बाँकेमा कोरोनाबाट पाँच जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते ९:५१ मा प्रकाशित

नेपालगञ्ज , २५ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको कोरोना अस्पतालमा उपचाररत थप पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार बाँके र एक बर्दियाका हुन् । नेपालगञ्ज उपमहानगरपालिका–१ ६४ वर्षीय पुरुष, नेपालगञ्ज–१२ का ६७ वर्षीय पुरुष, नेपालगञ्ज–१४ की ३८ वर्षीया महिला, नेपालगञ्ज–१० की ३८ वर्षीया महिला र बर्दिया बढैयाताल–७ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७८ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us