पाख्रिबासमा श्रीमान/श्रीमती मृत फेला

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते २१:४२ मा प्रकाशित

धनकुटा, २१ वैशाख– धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा श्रीमान/श्रीमती मृत फेला परेका छन् ।

पाख्रिबास–६ तिल्केका २२ वर्षीय सुनिल थापा र श्रीमती २० वर्षीया सिर्जना गुरागाईं मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालका अनुसार थापा रुखमा झुण्डिएको अवस्थामा र गुरागाईं सोही रुखको खुईंमा मृत भेटिएकी थिइन् ।

थापाले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको जैसवालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us