देउवाद्वारा विज्ञप्ति निकालेर केपी ओलीको निन्दा

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते २१:२० मा प्रकाशित

काठमाण्डु, २१ वैशाख–काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक परिषदसम्बन्धीसहित ७ अध्यादेश ल्याएकामा आपत्ति जनाएका छन् ।

देउवाले बजेट अधिवेशनको मुखमा अध्यादेश अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति निन्दा व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्‌ सम्बन्धी (पहिलो संशोधन) सहित ७ अध्यादेश जारी गरेकी थिइन् ।

मंगलबार साँझ विज्ञप्ति जारी गदैृ देउवाले अध्यादेश ल्याउने सरकारको कदमको आफ्नो पार्टीले निन्दा गर्ने उल्लेख गरेका छन् । संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा ६ सदस्यीय परिषदका तीन सदस्य उपस्थित भए निर्णय गर्न सक्ने प्रावधान राखिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, राष्ट्रियसभ अध्यक्ष र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । हाल उपसभामुख पद रिक्त भएको अवस्थामा ओलीले आफू, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संलग्न बैठकबाट आफू अनुकुल निर्णय गराउन अध्यादेश ल्याएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us