सल्यानमा थप दुई संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १४:३४ मा प्रकाशित

सल्यान, २१ वैशाख– सल्यानमा कोरोना भाइसर (कोभिड–१९)को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए ।

पुनका अनुसार ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । दुवैजनाको सोमबार राति मृत्यु भएको पुनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us