आन्तरिक र भारतसँगको हवाई उडानमा रोक

काठमाण्डु टुडे २०७८ वैशाख १९ गते २१:२१ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक हवाई उडान र केही मुलुकबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार मध्यरातबाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले हवाई उडान रोक्न मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो । \

यस्तै कोरोना महामारी तीव्र रुपमा फैलिएका भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै हवाई उडान बन्द हुने भएको छ । अरु देशबाट हुने अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us