लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाण्डु टुडे २०७७ चैत ३० गते १७:४५ मा प्रकाशित

काठमाण्डु, ३० चैत– लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । उनीहरु काठमाडौंको नागढुंगाबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सर्लाही घर भएका यज्ञबहादुर श्रेष्ठ र बारा घर भएका धर्मेन्द्र माझी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडांैका अनुसार सोमबार बिहान सर्लाहीबाट काठमाडौं आएको ग.१ख ८७८७ नम्बरको बसमा २३ वर्षीय श्रेष्ठ लागु औषध लिएर काठमाडौं आएका थिए ।

बाराबाट काठमाडौं आएको बा.३ख ६१४३ नम्बरको बसमा १९ वर्षीय माझीले लागु औषध ल्याएका हुन् । उनीहरुको साथबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १ हजार ४ सय ५० एम्पुल लागु औषध बरामद गरेको छ ।

नाइट्राभेट ५ सय ४० ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us