ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् वामदेव

काठमाण्डु टुडे २०७७ चैत ७ गते १६:१० मा प्रकाशित

काठमाण्डु, ७ चैत– एमाले उपाध्यक्ष वामदेव गौतम केपी ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् ।

केन्द्रीय समितिअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दल बैठकमा गौतम सहभागी भएका थिए । गौतमले दल बैठकमा पार्टी एकताका लागि केपी ओलीसँग अंकमाल गर्न आएको बताएका थिए ।

बैठकमा नेपाल समूह भने सहभागी भएको छैन । २८ फागुनमा बसेको ओली समूहको बैठकले नेपालसहित नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेक सबैको पद खारेज गरेको थियो ।

नेपाल समूहले उक्त बैठकको निर्णय खारेज नभएसम्म बैठकमा सहभागी नहुने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us