राजपाको चेतावनीः हामीलाई बदनाम गर्ने काम भइरहेको छ

काठमाण्डु टुडे २०७७ चैत ६ गते १७:४७ मा प्रकाशित

काठमाण्डु, ६ चैत– राजपा नेता राजकिशोर यादवले सांसद रेमश चौधरीको रिहाइलाई राजनीतिक लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन गर्दै यादवले चौधरीको रिहाई र संविधान संशोधनको मुद्दालाई सरकारसँग नजोड्न आग्रह गरे । चौधरीको रिहाइको माग गर्ने बित्तिकै आफूहरुलाई सरकारमा जान लागेको भन्दै बदनाम गराउन खोज्ने प्रवृत्ति रहेको उनको भनाइ थियो ।

रेशम चौधरीको रिहाईको विषय उठाउने बित्तिकै आफूहरुलाई सरकारमा आउन भन्ने गरिएको उनले बताए । उनले चौधरीको रिहाई र संविधान संशोधनमा पूर्वसर्त नराख्न प्रमुख दललाई आग्रह गरे ।

यादवले सिके राउत र विप्लवलाई जस्तै चौधरीलाई राजनीतिक व्यवहार गर्न उनले अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us