
काठमाण्डु, २३ फागुन–नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले वर्तमान केपी ओली नेतृत्वको सरकारको आयु सकिएको टिप्पणी गरेका छन् ।
संसद बैठक बहिस्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सर्वोच्च अदालतको फैसलाअनुसार पनि ओली सरकारको आयु सकिएको बताएका हुन् ।
प्रधानमन्त्री सत्तामा बस्ने कुनै आधार बाँकी नरहेको नेपालको भनाइ थियो । ‘अब पूर्वमओवादीले समर्थन फिर्ता लियो भने सरकार टिक्ने आधार भएन’, नेपालले भने, ‘प्रधानमन्त्री सत्तामा बस्ने कुनै आधार नै रहेन ।’ नेता नेपालले नेकपा आफूहरुले निर्माण गरेकाले केपी ओली वा अरु कसैले खोसेर नखोसिने दाबी गरे ।