
काठमाण्डु, २० फागुन– सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव .सार्वजनिक हुने भएका छन् ।
दुई वर्षको भूमिगत जीवन त्यागेर विप्लव पहिलोपटक सार्वजनिक हुन लागेका हुन् । विप्लव शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक हुने तय भएको सो समूहका प्रवक्ता एवं सरकारसँग वार्ता गर्न गठित टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले जानकारी दिए । श्रोतका अनुसार विप्लव काठमाण्डु आइसकेका छन् ।
सरकारसँगको वार्तामा विप्लव समूहले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्णं राजनीतिमा प्रवेश गर्ने प्रतिबद्धता जनाएको छ । सरकार र विप्लव समूहबीच बुधबार दुई चरणमा र आज एक चरणमा वार्ता भएको थियो । सरकारले थुनामा हरेका विप्लव समूहका सबै कार्यकर्ताको मुद्दा फिर्ता लिएर रिहा गर्ने भएको छ ।