‘केपी ओलीको छोरो हुँ’ भन्दै भट्टराईले देखाए दादागिरी

काठमाण्डु टुडे २०७७ फागुन १२ गते ७:३० मा प्रकाशित

काठमाण्डु, १२ फागुन– प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्तीका पृष्ठभूमि उस्तै उदेकलाग्दो छ ।

आफूलाई साइबर सेनापति घोषणा गरेका रेल कम्पनीका महाप्रवन्धक गुरु भट्टराई र प्रदेश प्रमुख परियारका स्वकीय सचिवबीच केही समयअघि भनाभन भएको थियो । स्वकीय सचिवलाई बर्खास्त गरेर नपुग्ने भएपछि विप्लव नेकपा छोडेर मूलधारको राजनीतिमा छिरेका एकजना दलित नेता असाध्यै अपमान हुने गरी बर्खास्तीमा परे । र, त्यो ठाउँमा भारतीय दूतावासका निकट मानिने पत्रकार राजेश झा (अहिराज) नियुक्त भए । यो प्रसंगमा स्वकीय सचिवको हैन, गल्ती गुरुकै थियो । उनले राति जाँडले मातेर ‘म केपी ओलीको छोरो हुँ, तँलाई एक घण्टामा अपहरण गरिदिन्छु’ सम्म भनेका थिए । अपहरणको धम्की दिनु पनि कानुनतः अपराध मानिन्छ । तर, अपराध गर्नेले नै उल्टै पीडितलाई झन् पीडा दिएका छन् ।

जसरी गुरु भट्टराईले माधव नेपाल र प्रचण्डमाथि सामाजिक सञ्जालमा गालीको वर्षा गराए, त्यसबापत रेल कम्पनीमा नियुक्ति पाए, अहिराजको हकमा पनि त्यस्तै प्रसंग छ । ‘प्रचण्डलाई कहाँ छ सुरक्षा खतरा ?’ भनेर सामाजिक सञ्जालमा लेख्नेदेखि केपी ओलीका जस्तासुकै कामको पनि आवश्यकताभन्दा बढी तारिफ गर्ने कारण उनले यो नियुक्ति पाएको भनिन्छ ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us