
k|ltlglw;ef /fHo Joj:yf tyf ;’zf;g ;ldltsf] ;f]daf/sf] a}7sdf oxL c;f/ % ut] ;nf{xLsf] nvgb]xLdf s’df/ kf}8]n dfl/Psf 36gaf/] hfgsf/L lbFb} u’xdGqL /fdaxfb’/ yfkf . tl:a/ M /f]zg ;fksf]6f, /f;;
दाङ, ३ फागुन– गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गर्दै दाङमा प्रदर्शन भएको छ ।
नागरिक अगुवा, अधिकारर्की र अन्तर पार्टी महिला सञ्जालको आयोजनामा सोमबार प्रदर्शन गरिएको हो । महिला तथा बालिकाहरुमाथि बारम्बर बलात्कार भइरहँदा पनि दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिन नसक्ने गृहमन्त्री नैतिक रुपमा पदमा बसिरहन नमिल्ने प्रदर्शनकारीको भनाइ छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बुझाइएको ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराधमा संलग्न तथा त्यस्ता अपराधी संरक्षण गर्नेलाई समेत कारबाहीको माग गरिएको छ ।
यस्तै बलात्कारीमाथि सर्वस्वसहित जन्मकैदको कारबाही गर्न तथा घटनापछि फितलो अनुसन्धान गर्ने र घटनाको गाम्भीर्यताअनुसार संवेशदनशील नहुने प्रहरी अधिकारीमाथि समेत कारबाही हुनुपर्नेमा जोड दिइएको छ । प्रदर्शनकारीहरु कालो कपडामा घेरोहीचोकबाट महिला हिंसाविरुद्धका विभिन्न नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।