प्रधानन्यायाधीशले सोधेः यो सरकार नेकपाको कि केपी ओलीको ?

काठमाण्डु टुडे २०७७ फागुन २ गते १४:११ मा प्रकाशित

काठमाण्डु, २ फागुन– प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले वर्तमान सरकार केपी ओलीको कि नेकपाको भन्ने प्रश्न गरेका छन् ।

??????? ???????] ?????????] ?????? ?????????? ?????? ???????????] ???? ????? ?????????? ?????? ????????z ?????????? ????? ???? ? t:jL/ M ???? ???????, /f;;

संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा जारी बहसका क्रममा प्रधानन्यायाधीश राणाले आइतबार सरकार कसको भन्ने प्रशन गरेका हुन् । इजलासमा आइतबारदेखि जवाफी बहस सुरु भएको छ । विपक्षी अर्थात प्रधानमन्त्री केपी ओलीका वकिलका बहस सकिएपछि रिट निवेदकतर्फका कानून व्यवसायीले जवाफी बहसमा भाग लिएका छन् । जवाफी बहसका क्रममा अधिवक्ता डा. दिनमणि पोखरेलले बहुमतीय प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताए । उनलाई प्रधानन्यायाधीशले सरकार ओली को कि नेकपाको ? भन्ने प्रश्न गरेका हुन् । पोखरेलले सरकार नेकपाको भन्ने जवाफ दिए । पोखरेलको जवाफपछि जबराले फेरि सोधे–, ‘त्यसो हो भने नेकपासँग बहुमत छ, यो धारा ७६ (१) अनुसारको सरकार हो अब अरु धारा प्रयोग नगरी सरकार बन्ने अवस्था कहाँ छ ?’ जवाफमा पोखरेलले सरकार संसदले बनाउने बताए । उनले सरकार कसरी बन्छ भन्नेबारेको चिन्ता अदातलको नभएको जवाफ फर्काए । ‘सरकार बन्न सक्छ कि सक्दैन भन्ने कुरा संसदीय प्रक्रियाबाट थाहा हुन्छ श्रीमान’, पोखरेलले भने, ‘यो हामीले चिन्ता गर्ने विषय होइन ।’ सरकार बन्द नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us